तीन वर्षमा ५६ अर्ब ७६ करोड ३८ लाख रुपियाँ राजस्व छली

४ बर्ष अगाडि

काठमाडौं - राजस्व अनुसन्धान विभागको तथ्याङ्कअनुसार पछिल्लो तीन वर्षमा ५६ अर्ब ७६ करोड ३८ लाख रुपियाँ राजस्व छली भएको खुलेको छ । सोही अवधिमा २६ अर्ब ३३ करोड ५८ लाख रुपियाँ बराबरको विदेशी मुद्रा पनि गैरबैङ्किङ प्रणालीबाट कारोबार भएको छ । विभागले उक्त घटनामा ५५८ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।

आर्थिक वर्ष २०७५/७६ मा ९ अर्ब ८३ करोड रुपियाँ राजस्व छली तथा चार अर्ब ६१ करोड रुपियाँ बराबरको विदेशी मुद्रा अपचलन भएको विभागको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै आव २०७६/७७ मा १५ अर्ब ५९ करोड ७२ लाख राजस्व छली तथा एक अर्ब ३३ करोड विदेशी मुद्रा अपचलन भएको छ । आव २०७७/७८ मा १९ अर्ब ८१ करोड ९५ लाख राजस्व छली तथा चार अर्ब ९४ करोड ५८ लाख बराबरको विदेशी मुद्रा अपचलन भएको छ  । 

चालू आवको पाँच महिनामा मात्र सात अर्ब ११ करोड ७१ लाख राजस्व छली र १५ करोड ४५ लाख रुपियाँ बराबरको विदेशी मुद्रा अपचलन भएको पाइएको छ । राजस्व अनुसन्धान विभागको मात्र होइन, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पनि यस्तै तथ्याङ्क छ । 

विभागका अनुसार पछिल्लो पाँच वर्षमा ७६ वटा घटनामा सात अर्ब ६७ करोड ४१ लाख छ हजार २८५ रुपियाँ ९० पैसाको कारोबार अवैध रूपमा भएको खुलेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया