काठमाडौं - गणपुरक संख्या नपुगेपछि स्थगित भएको महालक्ष्मी विकास बैंक लिमिटेडको बीसौँ वार्षिक साधारणसभा आगामी माघ ३ गते हुने भएको छ । सभा बिहान १० बजे बैंकको केन्द्रिय कार्यलय दरबारमार्ग, काठमौडौमा हुने भएको हो ।
यसअघी बैंकको सभा पौष २५ गते, आइतबार आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान ११ बोलाइएको थियो । सभाले बैंकको मंसिर १२ गते, आईतबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
बैंकका शेयरधनी गिरिराज पोखरेल तथा प्रमोद श्रेष्ठले बैंकका समेत विरुद्ध श्री उच्च अदालत पाटनमा दिएको उत्प्रेषणको निवेदनमा उच्च अदालतवाट विपक्षीहरुका नाममा १५ दिन भित्र लिखित जवाफ पेश गर्नु भन्ने आदेश भएपछि निर्वाचन कार्यक्रम स्थगित गरिएको बैंकले जनाएको छ ।
सभाका लागी प्रस्ताव गरिएको सञ्चालक पदको निर्वाचन सम्बन्धी वाँकि कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको र बार्षिक साधारण सभा सम्वन्धी अन्य कार्यक्रमहरु यथावत सञ्चालन हुने बैंकले जनाएको छ ।
त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पौष १३ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको थियो त्यसैले, पौष १२ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया