काठमाडौं - आज विभिन्न दुई कम्पनीको साधारण सभा हुँदैछ । बुटवल पावर कम्पनी र रसुवागढी हाइड्रोपावरको साधारण सभा हुने भएको हो ।
बुटवल पावर कम्पनी
बुटवल पावर कम्पनीको २९ औं वार्षिक साधारण सभा आज कम्पनीको रजिष्टर्ड कार्यालय बानेश्वरमा बिहान ११ बजे बस्ने गरी बोलाएको छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस ११ गतेदेखि पुस २६ गतेसम्म बुक क्लोज गरेको हुदाँ पुस १० गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।
रसुवागढी हाइड्रोपावर
रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज बिहान ११ बजे स्मार्ट क्याफे धुम्रबाराही काठमाडौंमा बस्ने गरी बोलाएको छ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ । कम्पनीले चुक्तापूँजी र सञ्चित मुनाफाको जम्मा रकम भन्दा बढी हुनेगरी ऋण लिन निर्णण अनुमोदन गर्ने कार्यसूचि समेत रहेको छ ।
प्रतिक्रिया