अब आन्तरिक हवाइ उडानमा यात्रा गर्न पनि अनिवार्य खोप कार्ड

४ बर्ष अगाडि

काठमाडौं - कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बैठकले धेरै भिडभाड हुने स्थानमा प्रवेश गर्दा खोप कार्ड देखाउनुपर्ने व्यवस्था लागू गर्न गृह मन्त्राललाई सिफारिस गरेको छ ।

बैठकले सार्वजनिक स्थानहरू पार्क, सिनेमा हल, रेस्टुरेन्ट र सपिङ मलमा जाँदा अनिवार्य खोप कार्ड देखाउनुपर्ने व्यवस्था लागू गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

माघ ३ गतेदेखि लागू हुने गरी सार्वजनिक स्थानमा प्रवेश गर्दा खोप लगाएको प्रमाण अनिवार्य देखाउन सिफारिस गरेका सीसीएमसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।

त्यस्तै माघ ३ गतेदेखि आन्तरिक हवाइ उडानमा यात्रा गर्न अनिवार्य खोप कार्डको व्यवस्था गरिएको छ । आन्तरिक हवाइ उडानमा खोप कार्ड हुने यात्रुलाई मात्र बोर्डिङ पास उपलब्ध गराउने व्यवस्था मिलाउने निर्णय सीसीएमसी बैठकले गरेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया