काठमाडौं - वैदेशिक रोजगारका लागि आएका लकडाउन अघिका मागपत्र आगामी जेठ २१ गतेसम्ममा अन्तिम श्रम स्वीकृति लिनुपर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गतहप्ता २०७६ फागुनअघि आएका मागपत्रको अवधि ६ महिना थप गर्ने निर्णय गरेको थियोे ।
वैदेशिक रोजगार विभागले उक्त निर्णय कार्यान्वयनमा लैजान निर्देशन दिँदै थप भएको ६ महिनाको अवधि गत मंसिर २२ गतेदेखि शुरू भई २०७९ साल जेठ २१ गतेसम्म रहने बताएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ९किसान०ले गतहप्ता कोरोना भाइरस महामारी अघि प्राप्त भएका डिमान्ड पुनः प्रमाणीकरण गर्न खर्चिलो, झन्झटिलो र असम्भव प्राय भएकोले व्यवहारिक कठिनाइका कारण ६ महिना कामदार पठाउन पाउने गरी म्याद थप गर्ने निर्णय गरेका थिए ।
मन्त्रालयको निर्णयले कोरोना भाइरस महामारीका कारण गरिएको लकडाउन अघि प्राप्त भएका ३० हजार बढी मागपत्र कार्यन्वयन हुने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ । युएई, कतार, कुवेत, बहराइन लगायतका देशबाट आएका मागपत्रमा कामदार जान नपाएको बताइएको छ ।
प्रतिक्रिया