काठमाडौं - समयमै सरकारले नेपाल दूरसञ्चार कम्पनीको प्रवन्ध निर्देशक नियुक्ति प्रक्रिया अघि नबढाउँदा नेपाल टेलिकम नेतृत्व विहीन भएको छ । हाल टेलिकममा निमित्त कार्यकारी प्रवन्ध निर्देशकको रुपमा प्रतिभा वैद्य आए पनि उनलाई निर्णय लिने र बैठक बोलाउन अधिकार दिइएको छैन ।
गत पुस २२ बाट तीन बर्षे कार्यकाल सकेर डिल्ली अधिकारी बाहिरिसकेका छन तर, उनको ठाउँमा कहिलेसम्म अर्को व्यक्ति आउने टुङ्गो छैन । गत महिना सरकारले आफु निकट व्यक्तिलाई नियुक्ति दिन नेपाल टेलिकम प्रवन्ध निर्देशक नियुक्ति तथा सेवा सुविधा सम्बन्धित संशोधित निर्देशिका जारी गरेको थियो ।
जसमा ३५ देखि ५६ बर्षका योग्य व्यक्तिले मात्रै नेपाल टेलिकम प्रवन्ध निर्देशक पदमा पाउने व्यवस्था गर्यो । जसले नेपाल टेलिकम भित्रै उच्च तहमा काम गरिरहेका कर्मचारीका लागि प्रवन्ध निर्देशकमा निवेदन दिने बाटो बन्द भयो ।
अहिले सर्वोच्च अदालतमा परेको उमेर हदसम्बन्धी सरकार विरुद्धको रिट र सर्वोच्चको आदेशले संशोधित निर्देशिका कार्यान्वयन नगर्न आदेश दिएको छ जसका कारण सञ्चार मन्त्रालयले प्रवन्ध निर्देशकको पदमा खुलाएको आवेदन र छनोट प्रक्रिया नै अन्योलमा परेको छ ।
छनोट प्रकृया रोकिए पनि टेलिकम प्रवन्ध निर्देशकका लागि ८ जना आकांक्षी देखिएका छन् ।
प्रतिक्रिया