एनएमबि लघुवित्तले आज २२.६३ प्रतिशत लाभांश पारित गर्ने, पुस ८ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश पाउने

४ बर्ष अगाडि

काठमाडौं - एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौ वार्षिक साधारण सभा आज होटल पोखरा ग्रान्ड पार्दी पोखरा कास्कीमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको छ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २१.५० प्रतिशत बोनस शेयर र १.१३ प्रतिशत नगद लाभाांश कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७७/०७८ नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण र सो सँग सम्बन्धीत अनुसूचिहरु उपर छलफल गरी पारित गर्ने छ ।
 
साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस ९ गतेदेखि पुस २६ गतेसम्म बुक क्लोज गरेको हुदाँ पुस ८ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया