वाणिज्य बैंकहरुको निक्षेप संकलन ४३ खर्ब माथि, कर्जा लगानी कति ?

४ बर्ष अगाडि

काठमाडौं - वाणिज्य बैंकहरुको निक्षेप संकलन ४३ खर्ब रुपैयाँमाथि पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार गत बिहीबारसम्ममा वाणिज्य बैंकहरुको मात्रै निक्षेप संकलन ४३ खर्ब रुपैयाँभन्दा माथि पुगेको हो । 

पछिल्लो केहि दिनयता बैंकहरुको निक्षेप संकलन उच्च दरले बढेको छ । गत एक सातामानै बैंकहरुको निक्षेप संकलन ५० अर्ब रुपैयाँभन्दा धेरैले बढेको छ। विहीबारमात्रै बैंकहरुमा १६ अर्ब रुपैयाँले निक्षेप संकलन बढेको केन्द्रीय बैंकले जनाएको छ ।

विकास बैंक र फाइनान्स कम्पनीको निक्षेप समेत गणना गर्दा भने कुल निक्षेप ४८ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ । यस्तै कर्जा लगानी पनि ४१ अर्ब नाघेको छ । गत विहीबारसम्ममा बैंकहरुको कर्जा लगानी ४१ खर्ब ४ अर्ब रुपैयाँ पुगेको केन्द्रीय बैंकले जनाएको छ । पछिल्लो दिनहरुमा बैंकहरुको निक्षेपभन्दा कर्जाको बृद्धिदर सुस्त देखिन्छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया