विद्यालय बन्द, माघ ३ गतेदेखि सार्वजनिक स्थानहरुमा जाने व्यक्तिले अनिवार्य खोप कार्ड देखाउनुपर्ने

४ बर्ष अगाडि

काठमाडौं - सरकारले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको छ । आईतबार बसेको कोभिड-१९ व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले राजनीतिक भेलालगायतका भिडभाडजन्य गतिविधि नगर्न पनि आह्वान गरेको छ । कोरोना सङ्क्रमणको बढ्दो जोखिमलाई मध्यनजर गरेर यो निर्णय भएको हो । 

यसैगरी माघ ३ गतेदेखि सार्वजनिक स्थानहरु पार्क, फिल्म हल, रेष्टुरेन्ट र सपिङको लागि मलमा जाने व्यक्तिले अनिवार्य खोप कार्ड देखाउनुपर्ने छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया