प्राइम लाइफद्धारा ११ लाख मृत्यु दाबी भुक्तानी

४ बर्ष अगाडि

काठमाडौं-प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको रोल्पा शाखाले रोल्पाको लुङ्गी गाउँपालिका वडा ७ हार्जङका सुरेश घर्तीको मृत्यु दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।

घर्तीकी श्रीमति निमा घर्तीलाई कम्पनीका रोल्पा शाखा प्रबन्धक टीकाराम जिसीको उपस्थितिमा लुङ्गी गाउँपालिका अध्यक्ष दुर्गाबहादुर खड्काले बीमाको १० लाख र १ लाख किरिया खर्चबापत गरी ११ लाख रकम हस्तान्तरण गरेको हो ।

धर्तीको करिब दुई महिना अगाडि दाउरा काट्न जादा लडेर मृत्यु भएको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया