काठमाडौं- प्राइम कमर्सियल बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्नका लागि अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) पुगेको छ ।
कम्पनीले रू. २ अर्ब ५० करोड बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि पुस २१ गते सेबोनमा निवेदन दिएको हो ।
कुल २५ लाख कित्तामध्ये १० लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १५ लाख कित्ता ब्याक्तिगत तवरबाट विक्री गर्ने जानकारी गराएको छ । विक्री प्रबन्धक आरविवि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।
कम्पनीले वार्षिक १० प्रतिशत ब्याजदरमा २०८८ सम्मका लागि ऋणपत्र निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो ।
प्रतिक्रिया