काठमाडौं, साताको पहिलो कारोबार दिन (आइतबार) शेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचक उच्च अंकले बढ्दा कारोबार रकममा पनि उछाल आएको छ ।
आज नेप्से परिसूचक ७३.०१ अंकले बढेर २७६५.४७ विन्दुमा पुगेको छ । नेप्से २.७१ प्रतिशतले बढेको हो । सेन्सेटिभ परिसूचक पनि १३.२१ अंकले बढेर ५१९.३७ विन्दुमा पुगेको छ ।
कारोबारमा आएका कूल २३९ वटा कम्पनीको एक करोड ५० लाख ५८ हजार ६ सय २१ कित्ता शेयर खरिदबिक्री हुँदा ७ अर्ब १० करोड १८ लाख ३१ हजार ५ सय ९१ रूपैयाँ ११ पैसा बराबरको कारोबार भएको छ ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको शेयर बढेको छ ।
आइतबार पनि अपि पावर कम्पनी लिमिटेडको नै सर्वाधिक कारोबार भएको छ । कम्पनीको २९ करोड २२ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
आज २ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल हाइड्रो डेभलपर्स कम्पनी लिमिटेड र हिमालयन उर्जा विकास कम्पनी लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । यस्तै युनियन हाइड्रोपावरको शेयरमूल्य पनि ९.९८ प्रतिशत र मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको शेयरमूल्य ९.९७ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया