काठमाडडौं - नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा आज २ वटा कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । कुमारी बैंक लिमिटेड र लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड बोनस सेयर सूचिकृत भएको हो ।
कुमारी बैंक लिमिटेड
कुमारी बैंक लिमिटेडको ६ प्रतिशत बोनस बापतको ८३ लाख २७ हजार ८४.९० कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ ।
कुमारी बैंक लिमिटेडको कार्तिक १६ गते, मंगलबार सम्पन्न भएको २१औं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७७/०७८ को लागि ६ प्रतिशत बोनस सेयर तथा बोनस सेयर बापत लाग्ने कर प्रयोजनको लागि समेत गरी २।६७ प्रतिशत बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड
लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस बापतको ६ लाख ४० हजार ९० कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ ।
लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको मंसिर १० गते, शुक्रबार सम्पन्न भएको दशौँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ७.३६८ प्रतिशत नगद गरी कुल २७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
प्रतिक्रिया