काठमाडौं - महुली लघुवित्त वित्तीय संस्था संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा केन्द्रिय कार्यालय अग्रीसाइर कृष्णासरवरण ६ महुली सप्तरीमा सम्पन्न भएको हो ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नुका साथै प्रिमियममा एफपीओ निष्कासन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
साथै उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।
प्रतिक्रिया