काठमाडौं -मेगा बैंक नेपाल लिमिटेडकी सीईओ अनुपमा खुञ्जेली बेस्ट फिमेल अवार्ड २०२१ बाट सम्मानित भएकी छन्।
काठमाडौंमा विशेष समारोहका बीच आयोजित प्रथम ‘एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२१’ मा सीईओ खुञ्जेलीलाई ‘बेस्ट फिमेल अवार्ड २०२१’ प्रदान गरिएको हो। प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बैंकिङ क्षेत्रमा उत्कृष्ट कार्य गरेबापत सीईओ खुञ्जेलीलाई यो अवार्ड प्रदान गरिएको हो।
अवार्डबाट आफूले थप जिम्मेवारी बोध गरेको उल्लेख गर्दै उनले यसको श्रेय मेगा बैंकका संस्थापक, सर्वसाधारण सेयरधनी, ग्राहक, कर्मचारी एवं समस्त सरोकारवालामा जाने बताइन्।
खुञ्जेली नेपालको ‘क’ वर्गको बाणिज्य बैंकको प्रथम महिला सीईओ हुन्। उनकै नेतृत्वमा मेगा बैंकले प्रतिष्ठित ‘बैंक अफ दि एयर अवार्ड २०१९’ समेत प्राप्त गर्न सफल भएको थियो।
खुञ्जेली स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छिन्।
सन् १९९१ मा तत्कालीन ग्रिनलेज बैंक अर्थात अहिलेको स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट करिअर सुरु गरेकी खुञ्जेलीसँग ३० वर्षको बैंकिङ क्षेत्रको अनुभव छ।
प्रतिक्रिया