काठमाडौं - महालक्ष्मी विकास बैंक लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ । शेयरधनीको कोरम नपुगेको भन्दै सभा स्थगित भएको हो ।
बैंकको २० औं वार्षिक साधारण सभा आज आर्मी अफिसर्स क्लब भद्रकाली टुडिखेल, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुने भनिएको थियो । यसअघि उच्च अदालत पाटनको आदेशपछि महालक्ष्मी विकास बैंकका सञ्चालकहरुको निर्वाचन कार्यक्रम स्थगित भएको थियो ।
बैंकका शेयरधनी गिरिराज पोखरेल तथा प्रमोद श्रेष्ठले बैंकका समेत विरुद्ध उच्च अदालत पाटनमा दिएको उत्प्रेषणको निवेदनमा उच्च अदालतबाट विपक्षीहरुका नाममा १५ दिनभित्र लिखित जवाफ पेश गर्नु भन्ने आदेश भएपछि निर्वाचन कार्यक्रम स्थगित गरिएको हो ।
प्रतिक्रिया