काठमाडौं - इसेवाले नेपालमै पहिलो पटक ‘सेक्युर्ड ट्रान्सफर’ सेवा उपलब्ध गराएको छ । यो फिचरबाट नचिनेको मानिसलाई समेत सुरक्षित रूपमा रकम तथा सामान उपलब्ध गराउन सकिन्छ ।
यो नयाँ फिचरबाट इसेवा प्रयोगकर्ताले अर्को इसेवा वालेटमा सुरक्षित रूपमा पैसा पठाउन सक्नेछन् । यो फिचर १ हजारभन्दा माथिको रकम पठाउँदा प्रयोग गर्न सकिनेछ । यो सेवामा सामान डेलिभर भइसकेपछि पैसा पाउने व्यक्तिले रिक्वेस्ट बटनमा क्लिक गर्नुपर्नेछ, त्यो सूचना पैसा पठाउने व्यक्तिलाई जानेछ ।
सामान वा सेवा पाएपछि मात्रै पैसा पठाउने व्यक्तिले उक्त रकम रिलिज गर्नुपर्नेछ । साथै यदी सामान पठाएको र नपाएको विवाद भएमा प्रमाणसहित कम्प्लेन गर्न सकिने छ । यसले फ्रड कारोबार पनि कम गर्ने इसेवाको विश्वास छ ।
यो फिचर सःशुल्क उपलब्ध रहेको छ । १ हजारभन्दा माथिको कारोबारमा सेक्युर्ड ट्रान्सफर फिचर प्रयोग गर्न सकिनेछ । १ हजारदेखि ५ हजारसम्मको कारोबार गर्दा ५ रूपैयाँ शुल्क लाग्नेछ भने ५ हजारदेखि माथिको पैसा पठाउँदा १० रूपैयाँ शुल्क लाग्ने छ ।
तर सामान नपाएको र पठाएको विवाद भएमा त्यस्तो अवस्थामा सय रूपैयाँ शुल्क लाग्नेछ । यो अटो वा म्यानुअल रूपमा प्रयोग गर्न सकिनेछ । यदी तपाईँले नचिनेको व्यक्तिलाई पैसा पठाउँदै हुनुहुन्छ भने सेक्युर्ड ट्रान्सफर फिचर प्रयोग गर्न इसेवाले आग्रह गर्नेछ ।
प्रतिक्रिया