वेष्ट फाइनान्स कम्पनी ११ लाख कित्ता बढि संस्थापक शेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनुपर्ने

४ बर्ष अगाडि

काठमाडौं - वेष्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका ८ जना शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो ।

कम्पनीले शेयर धनि शेखर बहादुर प्रधानको नाममा रहेको ९० कित्ता, विरेन्द्र श्रेष्ठको ३६८५ कित्ता, राजेन्द्र रत्न बज्राचार्यको ७३७० कित्ता, जयन्त हाडाको ७३७० कित्ता, नेचोङ्ग गुरुङको ६३४३७ कित्ता, राजु मानन्धरको ११०५६ कित्ता, राजकाजी शाक्यको ७८६८ कित्ता र गौतम कुमार श्रेष्ठको नाममा रहेको १४७०९ कित्ता गरी जम्मा ११ लाख ५ हजार ५८ कित्ता संस्थापक शेर बिक्रिमा ल्याएको हो । 

उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीले ३५ दिनभित्र सम्पूर्ण कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

साथै तोकिएको अवधिभित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री प्रक्रिया अघि बढाउने कम्पनीले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया