काठमाडौं - एभिन्यूज टेलिभिजन, एबिसी टेलिभिजन देखि आर्थिक क्षेत्रको चर्चित अनलाईन बिजमाण्डुले सरकारलाई तिर्नुपर्ने लाखौं रुपैयाँ भ्याट नतिरेपछि आज आन्तरिक राजश्व विभाग अन्तर्गतको पुतलीसडक कर कार्यालयले १५ दिने सूचना निकालेको छ ।
करदाता सेवा कार्यालय पुतलीसडकले निकालेको सूचनामा एभिन्यूज टेलिभिजनको भ्याट बक्यौता पाँच करोड ३५ लाख १० हजार एक रुपैयाँ छ । बिजमाण्डु प्रा.लि.को ४३ लाख छ हजार ५०५ रुपैयाँ बक्यौता छ ।
यस्तै,एबिसी टेलिभिजन मुख्य संस्था एबिसी मिडिया ग्रुप प्रा.लि. को ११ लाख ९२ हजार २५६ रुपैयाँ बक्यौता छ । त्यस्तै स्पेशटाईम नेटवर्कले ४० लाख २९ हजार ७१८ रुपैयाँ भ्याट तिर्न बाँकी रहेको आज प्रकाशित सूचनामा जनाइएको छ ।
उल्लेखित मिडिया बाहेक थुप्रै विज्ञापन एजेन्सीहरुले समेत भुक्तानी गर्न बाँकी रहेको सूचना आज प्रकाशित गरिएको छ । पुतलीसडक कर कार्यालयले आज प्रकाशन गरेको सूचना अनुसार कूल २५६ वटा फर्महरुले पाँच लाख भन्दा बढि भ्याट बक्यौता रहेको छ ।
प्रतिक्रिया