कामना सेवा विकास बैंकद्वारा नेपालमै पहिलो पटक मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

४ बर्ष अगाडि

काठमाडौं, नेपालमै पहिलो पटक कामना सेवा विकास बैंक लिमिटेडद्वारा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । 

आफ्नो सेवा विस्तार गर्ने क्रममा गण्डकी प्रदेश अन्तर्गत बागलुङ जिल्लाको काठेखोला गाउँपालिका, वडा नं ५ बिहुँपोखरामा यही पौष २४ गते , वडा नं  ५ का वडा अधक्ष्य शिव प्रसाद कडेल र यस बैंकका गण्डकी प्रदेश प्रमुख केदार नाथ शर्माबाट संयुक्त रुपमा मोबाइल एप प्रयोग गरी शाखा रहित बैंकिङ्ग सेवा समुद्घाटन समारोह सु–सम्पन्न गरेको छ । उक्त कार्यक्रममा वडा नं ५ का अन्य प्रतिनिधिहरु, स्थानियहरु तथा बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया