साइप्रसले माग्यो नेपाली महिला कामदार, मासिक तलब एक लाख २० हजार बढि

३ बर्ष अगाडि

काठमाडौं - साइप्रसको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ ।  अयीअ नापा शहरमा रहेको ansot employment services limited कम्पनीले कुकका लागि २० जना नेपाली महिला कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले तलब खान बस्नसहित एक लाख २० हजार माथि पाउनेछ । इच्छुक कामदारले मिराकल म्यानपावर प्रालिको कार्यालय सामाखुशी काठमाडौंमा पुष ३० गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । साथै विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया