कतारमा बढ्यो कोरोना, स्वास्थ्य मापदण्ड पालना गर्न नेपाली दूतावासको आग्रह

३ बर्ष अगाडि

काठमाडौं - नेपालीहरुको वैदेशिक रोजगारको मुख्य गन्तव्य कतारमा कोरोना भाइरसका संक्रमित बढेसँगै यहाँको स्वास्थ्य मन्त्रालयले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्नरगराउन सुरू गरेको छ ।

पछिल्लो समय कतारमा दैनिक ३-४ हजारको संख्यामा कोरोनाका नयाँ संक्रमित फेला परेपछि शनिबारदेखि शनिबार पुनः प्रतिबन्धलगायतका कार्य कतार सरकारले सुरू गरेको छ।

जनस्वास्थ्य मन्त्रालय कतारका अनुसार पछिल्लो २४ घन्टामा ३ हजार ४ सय ८७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । जसमध्ये २ हजार ७ सय ९४ स्थानीय र बाहिरी मुलुकबाट आएका ६९३ यात्रु छन् । हालसम्म कतारमा सक्रिय संक्रमितको  संख्या १८ हजार ७ सय ९१ रहेको छ ।  

कतारस्थित नेपाली दूतावासलेसमेत कतार सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्न कतारमा रहेका नेपालीसहित सबै आप्रवासीलाई अनुरोध गरेको छ । 

शनिबारदेखि बाहिर निस्कदा अनिवार्य मास्कको प्रयोग, एहतराज एप, कम्तीमा १ मिटरको दुरी कायम र निजी सवारीसाधनमा ४ जना भन्दा बढी बस्न नपाउने गरी सरकारले गरेको निर्णय पूर्ण पालना गर्न निर्देशन दिएको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया