कर्पोरेट डेभलपमेन्ट बैंकको ३० करोडको ३० लाख कित्ता हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

४ बर्ष अगाडि

काठमाडौं - कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले माघ ७ गतेबाट हकप्रद निष्काशन गर्दैछ ।

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि भोलि पुस २६ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज पुस २५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज ९नेप्सें० मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले १ बराबर १.५ को अनुपातमा  कुल ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । माघ ७ गतेबाट निष्कासन गरिने उक्त हकप्रदमा माघ २७ गतेसम्म आवेदन दिन सकिनेछ । 

कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम  सिभिल क्यापिटल लिमिटेडले गर्नेछ । बैंकले १ः१.५ अनुपात अर्थात १५० प्रतिशत हकप्रद निष्कासन गर्नका लागि पुस २६ गते बोर्डमा निवेदन दिएको थियो । बोर्डले पौष १ गते अनुमति प्रदान गरेको हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया