काठमाडौं - आज विभिन्न दुई कम्पनीको साधारण सभा हुँदै छ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था र माउन्टेन इनर्जी नेपाल लिमिटेडको साधारण सभा हुँदै छ ।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको २३ औं साधारण सभा संस्थाकोको केन्द्रीय, कार्यालय, नक्साल, काठमाडौंमा दिउँसो बजे १ बजे शुरु हुनेछ ।
सभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५५२६ प्रतिशत नगद गरी कुल ३१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १३ गतेदेखि २५ गतेसम्म बुक क्लोज गरेको थियो त्यसैले पुस १२ गतेसम्मका कायम शेयरधनीहरुले मात्र साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
माउन्टेन इनर्जी नेपाल लिमिटेड
माउन्टेन इनर्जी नेपाल लिमिटेडको आठौँ वार्षिक साधारण सभा आज बिहान १० बजेदेखि अर्मपाली ब्यांक्वेट काठमांडौमा हुँदैछ ।
सभाले सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/०७८ को वित्तिय विवरणहरु उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षण समितिको सिफारिस अनुसार आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरू पारित गर्नेछ ।
त्यसैगरी, कम्पनीले साधारण सभा प्रयोजनका लागि पौष १२ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पौष ११ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया