राष्ट्रिय सहकारी बैंकले ३ अर्बको सेयर पूँजी बढाएर८ अर्ब पुर्‍यायो

४ बर्ष अगाडि

काठमाडौं - राष्ट्रिय सहकारी बैंकले उत्पादन क्षेत्रमा लगानी बढाउँदै गएको छ ।

सहकारी क्षेत्रसँग जोडिएको राष्ट्रिय सहकारी बैंकले तीन अर्बको सेयर पूँजी बढाएर आठ अर्ब पु¥याएको छ । उत्पादन क्षेत्रमा लगानी बढाउँदै जाने बैंकले जनाएको छ ।

बैंकको १८औं वार्षिक साधारण सभाको सन्दर्भमा पूँजी बढाएर आठ अर्ब पु¥याउने लक्ष्य लिएको छ । अहिले सातै प्रदेशमा इकाइ साधारण सभा गरिरहेको बैंकले पुस ३० गते प्रतिनिधिहरुको साधारण सभा गर्दैछ ।

बैंकले सहकारीलाई लगानी गर्दा उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आग्रह गर्दै आएको र आगामी दिनमा कुन क्षेत्रमा लगानी गर्ने भन्ने तथ्याङ्क सङ्कलन गर्न सुरु गर्ने राष्ट्रिय सहकारी बैंकले जनाएको छ । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया