एचआईडिसीएलद्धारा ८.४२ प्रतिशत लाभांश पारित

४ बर्ष अगाडि

काठमाडौं - हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलमेन्ट कम्पनी (एचआईडिसीएल) ले ८.४२ प्रतिशत लाभांश पारित गरेको छ ।  कम्पनीको आज सम्पन्न १० औं वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । सभाले ८ प्रतिशत बोनस सेयर र ०।४२ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको हो । 

कम्पनीले सभा मार्फत नियमावली संशोधन गर्ने प्रस्तावसमेत पारित गरेको हो । सभा मार्फत नियमावलीको दफा १० मा रहेको संस्थापक सेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ करोड कित्ताको सीमालाई कम्पनीले संशोधन गरेर घटाएको छ ।

सभाबाट कम्पनीको नियमावलीको दफा १० मा रहेको उक्त व्यवस्थालाई संशोधन गर्दै कम्पनीको संस्थापक सेयरधनी हुनका लागि न्यूनतम एक करोड कित्ता शेयर हुनुपर्ने तर कम्पनी संस्थापना भएपश्चात संस्थापक समूहको सेयर खरिद गर्ने शेयरधनीहरुको हकमा सो सीमा लागू नहुने व्यवस्था गरेको हो ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ५ गते एक दिन बुकक्लोज गरेको थियो । बुकक्लोजको आधारमा पुस ४ गते आइतबारसम्म कायम सेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न योग्य मानिनेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया