छिमेक लघुवित्त गर्‍यो ५४ करोड ९० लाख लाभांश पारित

४ बर्ष अगाडि

काठमाडौं - छिमेक लघुवित्त वित्तीय संस्थाको शुक्रबार सम्पन्न २० औं साधारण सभाले ५५ करोड रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

होटल सामना प्रालि मकवानपुर, हेटौंडामा शुक्रबार सम्पन्न भएको २०औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको २७ प्रतिशतले हुन आउने ४९ करोड ४१ लाख रुपैयाँ बराबरको बोनस सेयर र ३ प्रतिशतले हुन आउने पाँच करोड ४९ लाख रुपैयाँ नगद लाभांश कर सहित कुल ३० प्रतिशत (५४ करोड ९० लाख रुपैयाँ) लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ७ गतेदेखि २३ गतेसम्म बुकक्लोज गरेको थियो । यस आधारमा पुस ६ गते मंगलबारसम्म कायम सेयरधनीले मात्र उक्त लाभांश पाउनेछन् । बोनस वितरण् पछि लघुवित्तको चुक्ता पूँजी २ अर्ब ३२ करोड ४१ लाख पुगेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया