साइप्रसले माग्यो नेपाली पुरुष महिला कामदार, सेवा सुविधा तथा मासिक तलब कस्तो ?

३ बर्ष अगाडि

काठमाडौं - साइप्रसको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ ।  आछेपन्स शहरमा रहेको ae cy employment and immigration services कम्पनीले २ जना पुरुष र १८ जना महिला गरी जम्मा २० जना नेपाली कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले तलब खान बस्नसहित ४२ हजार माथि पाउनेछ । इच्छुक कामदारले काडमाडौं ब्राइट हुमन रिसोर्ज प्रालिको कार्यालय सुकेधारा काठमाडौंमा माघ १,२ र ३ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । साथै विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया