१ अर्ब ५० करोडको आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्‍यो नागरिक स्टक डिलरले

४ बर्ष अगाडि

काठमाडौं - नागरिक स्टक डिलर कम्पनीको शुक्रबार सम्पन्न दोस्रो वार्षिक साधारण सभाले डेढ अर्न रुपैयाँ बराबरको प्रारम्भिक सर्वाजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीको शुक्रबार काठमाडौंमा सम्पन्न सभाले सर्वसाधारणमा जारी पू्ँजीको ३० प्रतिशतले हुन आउने १ अर्ब ५० करोड बराबरको १ करोड ५० लाख कित्ता आईपीओ जारी गर्ने निर्णय गरेको हो । कुल जारी हुने सेयरमध्ये २ प्रतिशत कर्मचारीहरु तथा ५ प्रतिशत सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी १ करोड ३९ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणमा जारी हुनेछ ।

पाँच अर्ब चुक्ता पूँजी रहेको कम्पनीले ३८ खर्बभन्दा बढी पूँजीकरण रहेको धितोपत्र बजारलाई सन्तुलनमा राख्ने गरी कारोबार गर्न नसक्ने भएकाले आईपीओ निष्कासन गरी कम्पनीले पूँजी बढाउन लागेको हो ।

कम्पनीमा नागरिक लगानीकोषसँगै नेपाल पुनर्बीमा कम्पनी र नेपाल दूरसञ्चार कम्पनीको समेत शेयर स्वामित्व रहेको छ । पाँच अर्ब पूँजीमा नागरिक लगानी कोषको ५१ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत र नेपाल दूरसञ्चार कम्पनीको ९ प्रतिशत शेयर स्वामित्व छ । 

स्टक डिलरले धितोपत्र व्यापारीको काम गर्ने गरी नेपाल धितोपत्र बोर्डको २०७७ माघ ९ गते फागुन १ देखि लागू हुने गरी अनुमति दिएको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया