सिटिजन्स बैंकका ग्राहकहरुले बिना कार्ड एटिएमबाट पैसा निकाल्न सक्ने

४ बर्ष अगाडि

काठमाडौं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुको लागि कार्ड लेस क्यास विड्रल सेवाकोे सुरुवात गरेको छ ।

डिजिटल बैंकिङ्गलाई सधै प्राथमिकतामा राख्दै आएको बैंकले यो सुविधा मार्पmत सिटिजन्स बैंकका मोबाइल बैंकिङ्ग सुविधा लिएका ग्राहकहरुले बिना कार्ड एटिएमबाट पैसा निकाल्न सक्नेछन् ।

यस प्रविधीमा मोबाइलमा पासवर्ड प्राप्त गरि सो पासवर्ड, निकाल्न खोजिएको रकम र मोबाइल नम्बर एटिएम मेसिनमा प्रविष्टि गरि पैसा निकाल्न सकिने छ । यो प्रविधी सरल एवं सहज हुनुका साथै आफूसँग कार्ड नभएको अवस्थामा समेत एटीएमबाट पैसा निकाल्न सकिने छ ।

सिटिजन्स बैंकले १७४ वटा शाखाहरुबाट करीब १३ लाख ग्राहकहरुलाई आधुनिक बैंकिङ्ग सेवा दिंदै आएको छ । बैंकले निकट भविष्यमा काठमाडौं उपत्यकामा ६ वटा शाखा विस्तार गर्दै छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया