यी पाँच कम्पनीको शेयर मूल्य नेप्सेमा समायोजन, कुनको कति कित्ता ?

४ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा यो साता विभिन्न पाँच कम्पनीको शेयर मूल्य सूचिकृत भएको छ । सानिमा माई हाइड्रोपावर, कालिका लघुवित्त वित्तीय संस्था, अरुण भ्याली हाइड्रोपावर लिमिटेड, कामना सेवा विकास बैंक र सानिमा बैंकको शेयर मूल्य नेप्सेमा सूचिकृत भएको हो । 

१. सानिमा माई हाइड्रोपावर 
आइतबार सानिमा माई हाइड्रोपावरको २८ लाख ८ हजार ४१० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले शेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । बोनस शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

२. कालिका लघुवित्त वित्तीय संस्था
कालिका लघुवित्त वित्तीय संस्थाको पनि २ लाख ४५ हजार ५०८.९५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तले पनि शेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । बोनस शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

३. अरुण भ्याली हाइड्रोपावर लिमिटेड
अरुण भ्याली हाइड्रोपावर लिमिटेडको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । मंगलबार कम्पनीको १५ लाख ७२ हजार ३५९ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बोनस शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

४. कामना सेवा विकास बैंक
नेप्सेमा कामना सेवा विकास बैंकको १८.५० प्रतिशत बोनस शेयर सूचिकृत भएको छ । बैंकको सोही प्रतिशतका दरले हुन आउने ४९ लाख ६ हजार १३२ कित्ता बोनस शेयर सूचीकृत भएको हो । बोनस शेयर अब लगानीकर्ताले भोलिदेखि नै खरिदबिक्री गर्न पाउनेछन् ।

५. सानिमा बैंक
नेप्सेम सानिमा बैंकको १७ प्रतिशत बोनस शेयर सूचिकृत भएको छ । बैंकको सोही प्रतिशतका दरले हुन आउने १ करोड ६४ लाख ५८ हजार ५८२ कित्ता बोनस शेयर सूचीकृत भएको हो । बैंकको बोनस शेयर अब लगानीकर्ताले भोलिदेखि नै खरिदबिक्री गर्न पाउनेछन् ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया