काठमाडौं - उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहाने विद्यार्थीलाई परामर्श दिंदै आएको एजुकेशन प्लानेटले ‘एक्लुसिभली अस्टे«लिया इन्फरमेशन डे’ कार्यक्रम आयोजना गर्न लागेको छ ।
एजुकेशन प्लानेटले ‘अष्ट्रेलिया जान अव नो झन्झट, वन डे–वन स्पट इट्स एजुकेशन प्लानेट एक्लुसिभली अस्टे«लिया’ नाम गरी विषेश शैक्षिक जानकारी मुलक कार्यक्रम आयोजना गर्न लागेको हो ।
प्लानेटले यही पुष २५ गते काठमाडौं स्थित आफ्र्नै संस्थाको केन्द्रीय कार्यालय बागबजार र २७ पुष गते भरतपुर गार्डेन रिसोर्ट चितवनमा आयोजना उक्त कार्यक्रम गर्न लागेको हो ।
उक्त कार्यक्रममार्फत अष्ट्रेलियाका उत्कृष्ट कलेज तथा युनिभर्सिटीहरुसंग त्यहाँको शैक्षिक, आर्थिक प्रणालीका बारेमा विस्तृत परामर्श दिइने छ । यस कार्यक्रममा सहभागी हुने विद्यार्थीमध्ये एकजनालाई लक्कीड्र मार्फत ल्यापटप प्रदान गरिने कुरा पनि यस कार्यक्रमा जानकारी गराइएको छ ।
प्रतिक्रिया