१२ वटा कम्पनीको बोनस शेयर नेप्सेमा समायोजन, समायोजनपछि कुनको मूल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा यो साता १२ वटा कम्पनीको बोनस शेयर समायोजन भएको भएको छ । 
 
१. सिद्धार्थ बैंक लिमिटेड सिद्धार्थ बैंक लिमिटेड
 नेप्सेमा सिद्धार्थ बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । सिद्धार्थ बैंकको १४.२५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ४ सय ६ रूपैयाँ १३ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ४ सय ६४ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

२. सेन्ट्रल फाइनान्स
नेप्सेमा आज सेन्ट्रल फाइनान्सको सेयर मूल्य समायोजन भएको छ । फाइनान्सको ७.७० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३ सय ८२ रूपैयाँ ०८ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ४ सय ११ रूपैयाँ ५० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

३. कालिका पावर कम्पनी
नेप्सेमा कालिका पावर कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ४ सय ५० रूपैयाँ ४३ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । कम्पनीको वार्षिक साधारण सभा पुस ३० गते कम्पनीको रजिष्टर्ड कार्यालय भक्तपुर १० चितवनमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९५ नगद सहित १५.७८९५ लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।

४. सिभिल बैंक 
नेप्सेमा सिभिल बैंकको शेयरमूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । यस दिन नेप्सेले सिभिल बैंकको ५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात सिभिल बैंकको शेयरमूल्य प्रतिकित्ता २४५ रुपैयाँ ७१ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा शेयरमूल्य समायोजन गरेको हो । समायोजनपश्चात सिभिल बैंकको शेयरमूल्य प्रतिकित्ता २४५ रुपैयाँ ७१ पैसा कायम भएको छ ।

५. रिलायन्स फाइनान्स
नेप्सेमा रिलायन्स फाइनान्स शेयरमूल्य समायोजन भएको छ ।  साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । यस दिन नेप्सेले फाइनान्सको ४५२ रुपैयाँ १७ पैसा कायम भएको छ । फाइनान्सको १५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात फाइनान्सको ४५२ रुपैयाँ १७ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात सोमबार दोस्रो बजारमा फाइनान्सको ५२० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

६. कालिका लघुवित्त वित्तीय
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको १३ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता १ हजार १ सय ६३ रूपैयाँ ७२ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य १ हजार ३ सय १५ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

७. जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको २५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता २ हजार २ सय ८३ रूपैयाँ २० पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य २ हजार ९ सय ७९ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

८. मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेड
मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडको १३ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ४ सय १६ रूपैयाँ ८१ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ४ सय ७१ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

९. पोखरा फाइनान्स कम्पनी लिमिटेड
पोखरा फाइनान्स कम्पनी लिमिटेडको ८.०७५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ४ सय ४० रूपैयाँ ४३ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य २ सय ५५ रूपैयाँ ९० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

१०. छ्याङ्दी हाइड्रोपावर कम्पनी
नेप्सेमा छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडकोण् सेयर मूल्य समायोजन भएको छ । कम्पनीलेको ३० प्रतिशत हकप्रद सेयरपछि नेप्सेले प्रतिकित्ता ३ सय ९६ रूपैयाँ १५ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ४ सय ८५ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । 

११. श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स
नेप्सेमा आज श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको ७।७० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ४ सय ४१ रूपैयाँ ९७ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ४ सय ७६ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

१२. गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग
नेप्सेमा गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स कम्पनी लिमिटेडको १० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ४ सय ५४ रूपैयाँ ४५ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ४ सय ९९ रूपैयाँ ९० पैसाका आधारमा मूल्य समायोजन गरेको हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया