काठमाडौं - एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको विराटनगर शाखाले बीमितको परिवारलाई बीमा दाबी भुक्तानी गरेको हो ।
कम्पनीले सिद्धिचरण–२ ठुलोछाप, ओखलढुंगा घर भइ हाल इटहरी–२, सुनसरीमा बस्ने मृतक बीमित सरोज बाबु भट्टराईकी श्रीमती तारा नेपाललाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।
बीमित भट्टराइको गत साउन ३१ गते कोभिडका कारण मृत्यु भएको थियो । उनको मृत्यु भएको करिब ५ महिनापछि पुष २१ निजकै घरदैलो गई कम्पनीले बीमा दाबी वापतको रकम १४ लाख १० हजार १७० रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।
मृतक बीमितले ४ वर्ष अगाडी सुखी जिबन (साबधिक तथा आजिबन)बिमा योजनामा ११ लाख रुपैयाँको बिमा, अर्धबार्षिक ३० हजार ८६९ रुपैयाँ जम्मा गर्ने गरि कुल २ लाख ७७ हजार ८२१ रुपैयाँ जम्मा गरिसकेका थिए ।
उक्त चेक पूर्व प्रहरी निरीक्षक मोहन प्रसाद खतिवडा तथा बिराटनगर शाखाका शाखा प्रबन्धक सरोज भण्डारीद्वारा एकमुस्ट रुपमा हस्तान्तरण गरिएको हो ।
प्रतिक्रिया