पुष ३० गतेबाट युनिक नेपाल लघुवित्त र घोडीघोडा लघुवित्तको एकीकृत कारोबार

४ बर्ष अगाडि

काठमाडौं - युनिक नेपाल लघुवित्त वित्तीय संस्था र घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत कारोबार पुष ३० गतेबाट हुने भएको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको मान्यताप्राप्त लुम्बिनी प्रदेश बाँके जिल्ला, कोहलपुर नगरपालिका वडा नं. ११ न्यूरोडमा केन्द्रीय कार्यालय रहेको युनिक नेपाल लघुवित्त र कञ्चनपुर जिल्ला श्रीपुर बेलौरी नगरपालिका वडा नं. ४ बेलौरीमा केन्द्रीय कार्यालय रहेको घोडीघोडा लघुवित्तले क्रमशः असोज ८ गते र असोज १६ गते छुट्टाछुट्टै वार्षिक साधारण सभाबाट मर्जर प्रक्रिया प्रस्ताव पारित गरेको थियो ।

दुई लघुवित्त एकआपसमा गाभ्ने।गाभिने वा मर्जरमा जाने प्रक्रियालाई नेपाल राष्ट्र बैंकले मंसिर २९ गते स्वीकृति प्रदान गरेको थियो । उक्त अनुसार यी दुई लघुवित्तले पुष ३० गतेदेखि एकीकृत रुपमा कारोबार गर्न लागेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया