शून्य लागतमा जोर्डनको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । jordan union for agricultural and zoolocical investments कम्पनीले ५० जना पुरुष नेपाली कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले तलब खान बस्नसहित ४१ हजार माथि पाउनेछ । इच्छुक कामदारले माउण्टेन ग्रुप ईन्टरनेशनल प्रालिको कार्यालय बसुन्धारा काठमाडौंमा पुष २९ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च कामदार आफैले बेहोर्नु पर्ने छ । स्वदेशमा हुने जीवन बिमा, भिसा स्ट्याम्पीङ शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।
साथै भाषा तथा घरायसी काम सम्बन्धी एक महिने तालिम अनिबार्य लिनु पर्ने छ । खाने, बस्नेसहित तालिम निशुल्क हुने छ ।
प्रतिक्रिया