बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ८ अर्ब वृद्धि

४ बर्ष अगाडि

काठमाडौं - गत साता बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ८ अर्ब रुपैयाँ वृद्धि भएको छ । गत साता ४८ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप रहेकोमा गत शुक्रबारसम्ममा निक्षेप बढेर ४८ खर्ब १९ अर्ब पुगेको तथ्याङ्कले देखाएको छ ।

वाणिज्य बैंकहरूको निक्षेप ४२ खर्ब ४३ अर्बबाट ४२ खर्ब ४९ अर्ब पुगेको छ भने विकास बैंक तथा वित्त कम्पनीहरूको पाँच खर्ब ६८ अर्बबाट वृद्धि भई पाँच खर्ब ६९ अर्ब पुगेको देखिएको छ ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरूको ऋण लगानी पनि दुई अर्ब रुपैयाँले वृद्धि भएको छ । कुल ऋण लगानी ४६ खर्ब १५ अर्ब रुपैयाँबाट वृद्धि भई ४६ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ ।

गत सातामात्र राष्ट्र बैंकले ११ अर्ब ४८ अर्ब पुनर्कर्जा स्वीकृत गरेको थियो। राष्ट्र बैंकले पुनर्कर्जा स्वीकृत गरी बैंक तथा वित्तीय संस्थामा पठाएपछि तरलताको अवस्था केही सहज देखिएको हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया