साउदीको एक कम्पनीले माग्यो नेपाली कामदार, मासिक तलब ७९ हजार !

३ बर्ष अगाडि

काठमाडौं - साउदीको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । साउदीको होपुप शहरमा रहेको कम्पनीले ५ जना पुरुष नेपाली कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले तलब खान बस्नसहित ७९ हजार माथि पाउनेछ । इच्छुक कामदारले अमन ओभरसिस प्रालिको कार्यालय कालोपुर काठमाडौंमा पुष ३० गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा, भिसा स्ट्याम्पीङ शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया