काठमाडौं - एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीले गत आवमा झन्डै २ पौने २ करोड रुपियाँ पारिश्रमिक बुझेका छन् ।
बैंकले उनलाई तलबबापत् ६९ लाख ३६ हजार रुपियाँ तलब, सञ्चय कोष बापत् ६ लाख ९३ हजार ६ सय रुपियाँ भुक्तानी दिएका छन् । त्यसैगरी भत्ताबापत ६६ लाख ९४ हजार रुपियाँ, बोनस तथा वेलफेयर बापत् २९ लाख ८५ हजार ७ सय ५ रुपियाँ र अन्य शीर्षकमा १ लाख ८३ रुपियाँ दिएका छन् ।
एनएमबी बैंकको २०७७/७८ को २६ औं वार्षिक प्रतिवेदन अनुसार कार्यकारी अधिकृत केसीले बैंकबाट एकमुष्ट १ करोड ७४ लाख ९ हजार ३ सय ८८ रुपियाँ पारिश्रमिक बुझेका हुन ।
प्रतिक्रिया