कामना सेवा विकास बैंकको १८.५० प्रतिशत बोनस शेयरधनीको खातामा

४ बर्ष अगाडि

काठमाडौं - कामना सेवा विकास बैंकको १८.५० प्रतिशत बोनस सेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ । 

बैंकको कार्तिक २३ गते सम्पन्न १५ औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट १८.५० प्रतिशत बोनस सेयर र ०.९७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी कुल १९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

संस्थाले लाभांश प्रयोजनका लागि  भोलि कात्तिक १० गते एक दिनको लागि बुकक्लोज गरेकाले कात्तिक ९ गतेसम्म कायम सेयरधनीहरुको हितग्राही खातामा मात्र उक्त बोनस शेयर जम्मा गरिएको हो । 

कम्पनीको सेयर रजिष्ट्रारमा बि।ओ।के क्यापिटल लिमिटेड रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया