दुई लघुवित्तको लाभांश र एकको आईपीओ पारित गर्न साधारण सभा आज बस्दै

४ बर्ष अगाडि

काठमाडौं - तीन लघुवित्तको वार्षिक साधारण सभा आज हुँदै छ । विजय लघुवित्त वित्तीय संस्था, समिट लघुवित्त वित्तीय संस्था र महुली लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा आज हुँदैछ ।

विजय लघुवित्त
विजय लघुवित्त वित्तीय संस्थाको नवौं वार्षिक साधारण सभा आज गैडाकोट रिसोर्ट गैडाकोट ५ नवलपरासीमा बिहान ११ः३० बजे हुँदैछ ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट २०.०३ प्रतिशत बोनश शेयर र १.०६ प्रतिशत नगद लाभांश गरी कुल २१.०९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, सोही आर्थिक वर्षको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय विवतरण माथि छलफल गरी पारित गर्ने एजेण्डा रहेको छ । त्यस्तै, संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक पदमा ४ जना निर्वाचन गर्ने समेत कार्य सूचि रहेको छ ।

समीट लघुवित्त
समीट लघुवित्तकोे तेह्रौं वार्षिक साधारण सभा आज बिहान १० बजे आँबुखैरेनी रेष्टुरेण्ट एण्ड पार्टी प्यालेस आँबुखैरेनी ३ तनहुँमा हुँदैछ । सभाले २५.२८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सजिलो लघुवित्त वित्तीय संस्था र समीट लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएपछि संस्थापक र सर्वसाधारण शेयर पूँजीको अनुपातत मिलान गर्दा नपुग भएको सर्वसाधारणको तर्फबाट ७ लाख ५१ हजार ७१२ कित्ता आईपिओ निष्कासा गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस १५ गतेदेखि पुस २४ गतेसम्म बुक क्लोज गरको हुदाँ पुस १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

महुली लघुवित्त
महुली लघुवित्त वित्तीय संस्था संस्थाको वार्षिक साधारण सभा आज कम्पनीको केन्द्रिय कार्यालय अग्रीसाइर कृष्णासरवरण ६ महुली सप्तरीमा बिहान ११ बजे हुँदैछ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । साथै प्रिमियममा एफपीओ निष्कासन गर्ने प्रस्ताव समेत पारित गर्ने कार्य सूचि सभामा रहेको हो ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस १२ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ पुस ११ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया