एनएमबी बैंकका सीईओ सुनिल केसीको कति छ तलब ?

४ बर्ष अगाडि

काठमाडौं-एनएमबी बैंकका सीईओ सुनिल केसीको कति छ तलब ?एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीले बैंकबाट गत आवमा झन्डै पौने २ करोड रुपियाँ पारिश्रमिक बुझेका छन् ।

बैंकले उनलाई तलबबापत् ६९ लाख ३६ हजार रुपियाँ तलब, सञ्चय कोष बापत् ६ लाख ९३ हजार ६ सय रुपियाँ भुक्तानी दिएका छन् । त्यसैगरी भत्ताबापत ६६ लाख ९४ हजार रुपियाँ, बोनस तथा वेलफेयर बापत् २९ लाख ८५ हजार ७ सय ५ रुपियाँ र अन्य शीर्षकमा १ लाख ८३ रुपियाँ दिएका छन्। 

एनएमबी बैंकको २०७७।७८ को २६ औं वार्षिक प्रतिवेदन अनुसार कार्यकारी अधिकृत केसीले बैंकबाट एकमुष्ट १ करोड ७४ लाख ९ हजार ३ सय ८८ रुपियाँ पारिश्रमिक बुझेका हुन ।

४ बर्ष अगाडि

प्रतिक्रिया