प्राधिकरणले काट्यो १२५० ग्राहकको विद्युत् लाइन

४ बर्ष अगाडि

काठमाडौं-प्राधिकरणले काट्यो १२५० ग्राहकको विद्युत् लाइननेपाल विद्युत् प्राधिकरण इलामले चालु आर्थिक वर्षमा विद्युत् महसुल नतिर्ने एक हजार २५० ग्राहकको विद्युत् लाइन काटेको छ ।

गत साउनदेखि हालसम्म दुई महिनादेखि महसुल नतिर्ने ग्राहकको लाइन काटिएको हो । बत्ती बालेर ६० दिनसम्म पैसा नतिर्ने ग्राहकको विद्युत् काटिएको प्राधिकरणले जनाएको हो ।

करिब ९० प्रतिशत ग्राहकले पुनः महसुल तिरेपछि विद्युत् जडान गरिएको छ । करिब १० प्रतिशत ग्राहकले अझै महसुल नतिरेकाले विद्युत् जडान गरिएको छैन ।

यस्तै इलाम नगरपालिकाले पनि महसुल नतिरेकाले इलाम सदरमुकाममा निर्माण गरिएको व्यापारिक भवन (सिटी मार्ट) को लाइन बिहीबारदेखि काटिएको छ ।

सिटीमार्टको एक लाख ७२ हजार महसुल नगरपालिकाले तिरेको छैन ।

४ बर्ष अगाडि

प्रतिक्रिया