चिलिमे जलविद्युतको १५ प्रतिशत लाभांश पारित

४ बर्ष अगाडि

काठमाडौं, चिलिमे जलविद्युत कम्पनी लिमिटेडको २५ औं वार्षिक साधारण सभा स्काई जोन रेस्ट्रो एण्ड बैंक्वेट्स धुम्वाराही काठमाडौंमो भर्चुअल माध्यमबाट सम्पन्न भएको छ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ७.५ प्रतिशतत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको हो ।

साथै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

साधारण सभा प्रयोजन र लाभांश पारितका लागि कम्पनीले पुस १५ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ पुस १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्ने सक्नेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया