अब उधारो बिमा गर्न नपाइने

४ बर्ष अगाडि

काठमाडौं, बिमा समितिले बीमाको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ लाई संशोधन गर्दै उधारो बिमाको प्रावधान हटाएको छ ।

निर्देशिका संशोधन गर्दै बिमा समितिले दफा ५५ को उपदफा ५ मा रहेको ‘बढीमा सात कार्य दिन भित्र’ बिमा प्रिमियम रकम संकलन गर्नुपर्ने प्रावधानलाई हटाएर बिमा गरेकै दिन रकम प्रिमियम रकम बिमकको खातामा जम्मा हुनुपर्ने अनिवार्य व्यवस्था गरेको हो । यसले उधारोमा बिमा हुने गरेको प्रावधान हट्ने विश्वास गरिएको छ ।

त्यसैगरी कम्पनीको सञ्चालक समितिको स्वीकृतिमा बिमा अभिकर्तालाई नगद र घर÷जग्गा कर्जा बाहेक प्रोत्साहन स्वरुप अन्य व्यवस्था गर्न सकिने जनाएको छ ।

कुनै पनि बिमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत रिक्त भएको ३ महिना भित्र फेरि अर्को प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिसक्नुपर्ने व्यवस्था बिमा समितिले गरेको छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया