रसुवागढी हाइड्रोपावरको साधारण सभा हुने स्थान परिवर्तन, अब कहाँ ?

४ बर्ष अगाडि

काठमाडौं-रसुवागढी हाइड्रोपावर कम्पनीको साधारण सभा हुने स्थान परिवर्तन भएको छ । अब कम्पनीको सभा पुस २६ गते स्मार्ट क्याफे, धुम्बाराही काठमाडौंमा हुनेछ । सभा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ । यसअघि सभा कम्पनीको रजिष्टर्ड कार्यालय, महाराजगञ्ज काठमाडौंमा हुने भनिएको थियो ।
 
यो वर्ष पनि कम्पनीले लाभांश वितरण एजेन्डा बिना सभा डाकेको छ । यसपटक पनि लगानीकर्ताको हात रित्तै हुने भएको छ । सभामा आर्थिक वर्ष २०७७–७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । 

सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गरिसकेको छ । पुस ११ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन सक्नेछन् ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया