भोली तीन लघुवित्तको साधारण सभा, कुनको कति लाभांश ?

४ बर्ष अगाडि

काठमाडौं - विभिन्न तीन लघुवित्त वित्तिय संस्थाको वार्षिक साधारण सभा भोलि हुँदैछ । विजय लघुवित्त वित्तीय संस्था, समिट लघुवित्त वित्तीय संस्था र महुली लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा भोली हुने भएको हो । 

विजय लघुवित्त वित्तीय संस्था लिमिटेड
विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा भोलि गैडाकोट रिसोर्ट गैडाकोट ५ नवलपरासीमा बिहान ११ः३० बजे हुँदै छ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट २०.०३ प्रतिशत बोनश शेयर र १.०६ प्रतिशत नगद लाभांश गरी कुल २१।०९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस १२ गतेदेखी पुस २४ गतेसम्म बुक क्लोज गरेको हुदाँ पुस ११ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भागल लिन पाउनेछन् ।

समीट लघुवित्त वित्तीय संस्था लिमिटेड
समीट लघुवित्त वित्तीय संस्था लिमिटेडकोे तेह्रौं वार्षिक साधारण सभा भोलि बिहान १० बजे आँबुखैरेनी रेष्टुरेण्ट एण्ड पार्टी प्यालेस आँबुखैरेनी ३ तनहुँमा बस्ने भएको छ ।

सभाले २५.२८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सजिलो लघुवित्त वित्तीय संस्था र समीट लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएपछि संस्थापक र सर्वसाधारण शेयर पूँजीको अनुपातत मिलान गर्दा नपुग भएको सर्वसाधारणको तर्फबाट ७ लाख ५१ हजार ७१२ कित्ता आएपिओ निष्कासा गर्र्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस १५ गतेदेखि पुस २४ गतेसम्म बुक क्लोज गरको हुदाँ पुस १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

महुली लघुवित्त वित्तीय संस्था
महुली लघुवित्त वित्तीय संस्था संस्थाको वार्षिक साधारण सभा भोलि कम्पनीको केन्द्रिय कार्यालय अग्रीसाइर कृष्णासरवरण ६ महुली सप्तरीमा बिहान ११ बजे बस्दै छ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । साथै प्रिमियममा एफपीओ निष्कासन गर्ने प्रस्ताव समेत पारित गर्ने कार्य सूचि सभामा रहेको हो ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस १२ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ पुस ११ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया