नेपालमा २४ जनामा ओमिक्रोन पुष्टि

४ बर्ष अगाडि

काठमाडौं- नेपालमा २४ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जिन सिक्वेन्सिङका क्रममा पुस महिनामा मात्र कोरोना भाइरसको संक्रमण फेला परेको हो ।

'पुस महिनामा संकलित जम्मा ११४६ पोजिटिभ नमूनाहरुको एस जीन स्क्रिनिंग गर्दा २५० वटा नमुनाहरु  (२२ प्रतिशत) एस जीन नेगेटिभ पत्ता लागेको छ । एक जीन नेगेटिभ पत्ता लागेका २४ स्याम्पलहरुको जीन सिक्वेनसिङ गर्दा सबै नमुनाहरुमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो ।' मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ । 

ओमिक्रोन भेरियन्टले गर्दा हुन सक्ने अत्यधिक बिरामीहरूको चापलाई मध्यनजर गर्दै सबै अस्पतालहरुलाई तयारी अवस्थामा रहन, उपचारका लागि आवश्यक पर्ने अक्सिजन लगायत अन्य सामाग्रीहरुको यथेस्ट जोहो गर्न र स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको मन्त्रालयले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया