काठमाडौं - शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले कृषि बीमा क्षति मुल्याङनकर्ता तालिम दिने भएको छ । कम्पनीले नुवाकोट, धादिङ, मकवानपुर र चितवन जिल्लामा पुस २८ गतेदेखि पुस ३० गतेसम्म ३ दिनेतालिम संचालन गर्ने लागेको हो ।
उक्त तालिम कम्पनीले बट्टार नुवाकोटमा बिहान १० बजेदेखि ५ बजेसम्म संचालन गर्नेछ । कृषि बीमा क्षति मुल्याङनकर्ता सम्बन्धी तालिम लिन चाहने इच्छुक ब्यक्ति तथा संघ संस्थाले पुस २६ गते भित्र आवश्यक कागजातसहित कम्पनीको शाखा कार्यालयमा निवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया