कृषि मन्त्रीले सोधे– नार्क किन सिकानसँग जोडिएन

७ बर्ष अगाडि

 

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल बलदेवले केही समय पहिलेसम्म निक्कै सफल मानिएको कृषि बैज्ञानिकहरुको संस्था नेपाल कृषि अनुसन्धान परिषद् नार्क किसानसँग जोडिन नसकेको भन्दै गुनासो गरेका छन् । राष्ट्रिय मकै बालि अनुसन्धान केन्द्र रामपुर चितवनमा भएको कार्यक्रममा मन्त्री खनालले नार्क अव सिधै किसानासँग जोडिनु पर्नेमा जोड दिए ।

प्रतिश्पर्धा गर्ने क्रममा केही वर्षअघिसम्म चीन बाहेकका सार्क राष्ट्रभन्दा अघि रहे पनि अहिले निक्कै पछि परेको मन्त्री खनालको भनाई छ । ‘केही वर्ष अघिसम्म अनुसन्धानमा हामी भुटान, बंगलादेश, पाकिस्तानभन्दा अघि र भारतसँग बराबरीको हैसियतमा थियौं, मन्त्री खनालले भने, ‘तर अहिले हामी अनुसन्धानकर्ता चारमहिना भुटानको आलु खाने भएका छौं ।’

‘हिजो त्यो रुपमा विकास गरेका बैज्ञानिकको कडी कहाँ टुट्यो ?प्रविधिले पछि पर्यौं वा जोश जागर आएन ? सहजै पाइन्छ भने किन परिश्रम गर्ने भन्ने मानसिकताको विकास भयो कि ? पैसा अभाव भयो वा राज्यको पोलिसिका कारणले अप्ठ्यारो पर्यो  ?बैज्ञानिकहरुको विदेश पलायत वा त्यो वातावरण यहाँ नभएका कारण कडि टुट्यो ?’ खनालले प्रश्न गर्दै भने, ‘यदि त्यसो हो भने अव अनुसन्धान केन्द्र माथि नै अनुसन्धान गर्नु पर्छ भन्ने निष्कर्षमा पुगेको छु ।’

किसानलाई प्रविधिसँग जोड्ने तरिका पनि नभएको उनको भनाई छ । ‘काम गर्न नसक्ने पनि होइन तर कहाँ गल्ती भयो यो खोज्नु पर्छ ।’ दक्ष युवा शक्ति विदेश पलायन हुनुको मुख्य कारण पनि कृषि नै भएको उनको ठम्म्याई छ । ‘कोही किसान छैनजो बालि लगाएर नराम्रो होस भन्ने चाहोस् ?दुई तिहाई मान्छेले कृषि कर्म गर्छन तर खेती नराम्रो भएपछि मान्छेले काम छोड्छ र विदेशिन्छ ।त्यसैले अव उनीहरुलाई फर्काउर्नु पर्छ ।’

तर त्यसको लागि उपयुक्त विकल्प खोज्नु पर्ने उनको भनाई छ । ‘विप्लवले भने जसरी लाखौं युवा स्वदेश फर्क भनेर त मान्छे फर्कन्न । त्यसको लागि उपयुक्त विकल्प दिन सक्नु पर्छ । उनीहरुलाई जोड्ने राम्रो योजना चाहिन्छ । त्यो योजना निर्माणमा मन्त्रालय लागिसकेको छ ।’

मन्त्री खनालले बैज्ञानिकलाई प्रोत्साहन गर्नु पर्ने पनि बताए । बैज्ञानिक विना देश नचल्ने भन्दै एक सय एक बैज्ञानिक र प्रविधि नेपाललाई चाहिएको उनको भनाई छ । बैज्ञानिकहरुसँग बजेटलाई जोड्ने तरिका पनि बैज्ञानिक नभएको आफूले महसुस गरेको भन्दै उनलेत्यसलाई समाधानको बाटोमा लैजाने प्रतिवद्धता जनाए ।

कृषि बैज्ञानिकहरुले भने बजेटको कमी, ज्यामी ज्यालामा कटौती, यान्त्रीकरणमा बजेटको अभाव, गुणस्तरिय विउ महंगो हुनु, प्रयाप्त जनशक्तिको अभाव जस्ता कारणलाई मुख्य समस्या बताएका छन् ।

नार्कका कार्यकारी निर्देशक डा टेकबहादुर गुरुङ, भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालसहित त्यहाँ पुगेका मन्त्री खनालले अनुसन्धान केन्द्रका विभिन्न प्रयोगशाला र फामहरुको अवलोकन तथा रेन आउट सेल्टरको उद्घाटन पनि गरेका छन् । 

७ बर्ष अगाडि

प्रतिक्रिया